Duration 9:12

प्रकृतिले दिएकोवामी Prakritile Diyako Wami Biju Bajra | Rita KC, Tilak Basnet | Baikuntha rayamajhi

9 026 watched
0
218
Published 2021/10/17

‘संस्कृति नै सभ्यताको जननी हो!’ गुल्मी जिल्लाको सुदुरउत्तरमा अवस्थित मुसिकोट नगरपालिका वडा नं. ७ र ८ साविकको वामी गाविस, यसको पुर्वमा चन्द्रकोट गाउँपालिका संग साँध सिमाना जोडिएको छ भने उत्तरपूर्वमा बढी भुभाग साविकको अर्लाङ्कोट गाविस तथा केही भुभाग गल्कोट नगरपालिका सँग जोडिएको, पस्चिममा बढिघाट गाउँपालिका जोड्ने दरमखोला, दक्षिणमा रुद्रावती नदि दक्षिणपुर्वमा साविकको कुर्घा गाविस बिचको बडो रमणिय स्थानमा अवस्थित साविकको वामी गाविस वास्तवमा लुकेको स्वर्गको रुपमा परिचित छ। वामीमा गुल्मी र बाग्लुङ दुवै जिल्लाका संस्कृतिको समान प्रभाव छ। कुनै समय मुसिकोट राज्यको, कुनै समय गल्कोट राज्यको, कुनै समय बाग्लुङ राज्यको त कहिले गुरुङकोट राज्यको राज रहेको भुमी हो वामी, यहाँ बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मनोरम प्राकृतिक विशेषतायुक्त भौगोलिक विविधतामा बाँधिएर एकआपसमा मिलेर बस्दै आएका छौँ। हाम्रो जन्मभुमी वामीका बहुआयामिक मौलिकता, विशेषता र पहिचान तथा मातृमाटो वामी भित्र विद्यमान हाम्रो आफ्नै मौलिक संस्कृति, परम्परागत बोलिचालीका शब्दहरुको समायोजनबाट निर्मित यो गीतलाई लोकमोडर्न (लोक आधुनिक) भाकामा बुनेर, लाखेनाच, प्रकृति पुजा सोरठी नृत्य, मौलिक भजनहरु हाम्रा आफ्नै बाँसुरी वादन, मौलिक नौमती बाजा, महत्वपूर्ण धार्मिक धरोहरहरु, एवम् यहाँका भौगोलिक मनमोहक प्राकृतिक छटाहरुलाई, ऐतिहासिक रुपमा जोगाउन तथा यसै श्रव्यदृश्य सामग्री मार्फत वामीलाई विश्वसामु चिनाउने सानो प्रयास हो भने वामेली शृजना, वामीका कलाहरू, नव प्रतिभाहरु उठाउने वामी विश्व सम्पर्क मञ्चको पवित्र चाहना पनि हो। यो भिडियोबाट आएको सबै आम्दानी वामी-विश्व सम्पर्क मञ्चको विशुद्ध मानवियसेवाका लागि प्रयोग गरिनेछ। समस्त तपाईंहरुलाई धेरै भन्दा धेरै शेयर गरिदिन अनुरोध गर्दछौँ। उकाली-ओराली तथा भञ्ज्याङ चौतारीमा पोखिने पिडाका शब्द होउन् वा मनका बहहरु सुसेल्दै गरेका गाउँका निष्पाप ओठहरुले सुसेल्ने सुरिला सुस्केराहरु, कहिले पात बजाएर कहिले गुनगुनाएर मृदुल आवाजहरुले सुरमा बेरेर मिठासमा गाइने हाम्रो आफ्नै माटोका शुद्ध बोलीहरुनै हुन् गीत भनेका। गीत संगीत जीवनको अभिन्न अंग हो। गित गुञ्जन मन नपराउने शायदै हुन्छन्। हाम्रो गीत हेरिदिनु भएकोमा तपाईंहरुलाई अन्तरहृदय देखि सम्मान छ। अन्त्यमा, छोटकरीमा भन्नुपर्दा प्रकृतिले दिएको वामी म्युजिक भिडियो वामीको समग्र पहिचान समेटिएको देशपरदेशबाट वामीलाई हेर्ने सानो आँखीझ्याल हो। सुन्दर प्रतिक्रिया र गुणवत सुझाव तथा तार्किक प्रश्नको अपेक्षा राख्दछौँ। जय वामी, जय संस्कृती! गीत: प्रकृतिले दिएको वामी स्वर: तिलक बस्नेत/रिता केसी संगीत: वरिष्ठ संगीतकार स्व. बिजु बज्र एरेन्जर: रामचन्द्र चन्द शब्द रचना: विष्णु कुमारी सापकोटा/बैकुण्ठ रायमाझी अभिनय: सिम्रन बज्राचार्य, बैकुन्ठ रायमाझी, विवेक शर्मा काफ्ले एवम् बाल कलाकारहरू इशिका तिवारी, सुगम तिवारी, बिनिशा बौद्धाचार्य, निलिशा जिसी निर्माता: वामी-विश्व सम्पर्क मञ्च, अन्तर्राष्ट्रिय समन्वय समिति 🎶 Audio Credits:- ♪ Song:- Prakritile Diyako Wami ♪ Vocal:- Tilak Basnet/Rita KC ♪ Music:- Biju Bajra ♪ Lyrics:- Bishnu Kumari Sapkota/Baikuntha Rayamajhi ♪Arrange:- Ramchandra chand ♪ Audio/Video:- Serofero Nepal gulmi.wami@yahoo.com Producer: Wami-World Contact Forum, International Coordination Committee (WWCF, ICC) #Rita_kc #Tilak_basnet #wami_gulmi #BijuBajra #bishnukumarisapkota #ramchandrachand #baikuntharayamajhi #seroferonepal ----------------------------------------------- 🎬️ Video Credits:- 🎬 Director/Choreographer:- Rabilal Paudel 🎬 Artists:- Simran Bajracharya, Baikuntha Rayamajhi, GM Sharma ‘Bibek’, Ishika Tiwari, Sugam Tiwari, Binisha Baudhdhacharya, Nilisha GC 🎬 Cinematographer:- Rabilal Paudel 🎬 Editor:- Rabilal Paudel 🎬 Post Production:- Paudel Digital © Serofero Nepal, 2021 All Rights Reserved ---------------------------------------------------- Social Links:- YouTube:- https://tinyurl.com/SeroFeroYT Facebook:- https://facebook.com/SeropheroNepal यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइ‌एमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गरिनेछ। Embedding to a website is allowed.

Category

Show more

Comments - 54