Duration 5:50

Jharra Naach | झर्रा नाच | मुसलमान जातीकाे परम्परागत नाच

443 watched
0
6
Published 2020/06/21

झर्रा नाचकाे परिचय यो नृत्य विशेष गरि रुपन्देहि देखी पश्चिमको जिल्लाहरुमा नाँच्ने गरको पाईन्छ । त्यसमा पनि हामीले खोज गरेको यो नृत्य कपिलबस्तुको अमाउली, बबनी, मोरमी र ढोडेखोलमा मात्र नाँच्ने गरेको पाईन्छ । यो नृत्य विशेष गरी २ धर्म सँगजोडिएको पाईन्छ । एउटा हिन्दुधर्म र अर्को मुस्लिम धर्म । मुस्लिम धर्मले आफ्नो धर्म तिर आर्कषण बनाई जोड्ने कोसिस गरेको पाईन्छ भने त्यहि हिन्दुधर्मले मित्रताको भावले उनिहरुको धर्मलाई सम्मानजनक रुपले समाजमा आफु सँगै मिलेर बसेको वmुरा लाई प्रस्ट्याउ छ । मुस्लिम धर्मवालम्बीहरुले आफ्नो मन्दिरअर्थात मस्जिद हिन्दुधर्मवालम्बीहरुको बस्ती नजिकै बनाएका हुन्छन जहाँ आफ्ना देवता जसलाई हसन हुसेनका प्रतिमा स्थापित गरेका हुन्छन । अनि महर्दन का बेला सप्तमीमा केरा काट्ने भनेर भन्छन र त्यो दिन बाट कर्बला स ुरु गर्दछन् । कर्बला भनेको मुस्लिम धर्मवालम्बि हरुको देवता अर्थात हसन हुसेनको मुत्युभएको दिन भन्ने गरिन्छ । उक्त देवताहरु मरिसके पछि दाहा संस्कार गर्ने ठाउँ जाँहा मेला लाग्ने गर्दछ । उक्त मेलाको तयारीको दिन जुन सप्तमीमा पर्दछ त्यो समय बाट नै झर्रा नाँचको स ुरुवात गर्दछन् । यो नाँच उनीहरुको लागी नभई हसन हुसेन मर्दा अर्थात मुस्लिम समुदायको देउता मर्दा हामी खुसी हुनुपर्छ है भनी थारु समुदायले यो नाँच नाँच्ने गरेको पाईन्छ । पछि समाज विकास भए सँगै यो नाँच प्रवृmति सँग र दैनिक दिनचर्याको बारेमा गीत गाउने र नाँच्ने गर्दै आएका छन् । यसमा गाउने मुगीत चाँहि मुस्लिम धर्मका देवता हसन हुसेन कै बारेमा हुने गर्दछ । तर यो संस्कार र संस्वृmति प्रति उनीहरुले पनि उत्तिकै साथ दिएको पाईन्छ । अर्थात उनीहरुको देवता मर्दा दुःख पर्दा पनि हिन्दुधर्मवालम्बि भित्रका थारु समुदायले यो खुसी हुदै नाँँच्दा उनीहरु पनि खुसीले साथ दिन्छन् । यो नाँच विशेष गरि जहाँ–जहाँ मस्जिद वा तहजिया बनाएका हुन्छन् त्यहाँ–त्यहाँ गएर नाँच्ने गर्दछन् र अन्तिम ठाउँ भनेको चालिसा हो । चालिसा भनेको कर्बला स ुरु भएको ४० दिन को दिनलाई भनिन्छ जहाँ कर्बला सेलाईन्छ त्यहि ठाउँमा गएर झर्रा नाँच नाँचेर अन्त्य गरिन्छ । कर्बला सेलाउने मुख्य ठाउँ भनेको नगवाँ भन्ने डाँडा छ त्यहाँ गएर सेलाउने चलन छ । यसैको आधारमा झर्रा नृत्य विशेषत चउर वा आगनमा नाँच्ने गरिन्छ भन्ने वmुरा प्रस्ट्याउ छ । पहिला पहिला यो नृत्य थारु समुदायमा निकै प्रचलित रहेको थियो । तर अहिलेको समयमा चाँहि निकै कम हुदै गएको छ । यो नृत्य खासै हिन्दुधर्म भित्र त पर्दैन, तर पनि थारु समुदायहरु बौद्ध धर्म प्रति अलि बढि झुकाव हुने भएकोले सबै धर्मलाई सम्मान नजरले हेर्ने भएकोले पनि यो नाँच नाँच्ने गर्दछ । हाल थारु समुदायमा यो नाँच न्यून अवस्थामा रहेको पाईन्छ । थारु समुदायले यो नाँच केटाहरुको समुहले मात्र नाँच्ने गर्दछन्, भने मुस्लिम समुदायमा फेरि महिलाहरु बढि दुख व्यक्त गर्दै नाँच्ने गर्दछन् भन्ने गरिन्छ । यो नृत्य मुख्यतया वर्षको अन्तिम महिना नाँच्ने गर्दछन् र प्रत्येक वर्ष १–१ महिनाले उल्टो तरिकाले घट्दै जाने गर्दछ । जस्तै– यो वर्ष चैत्रमा भयो भने अर्को वर्ष फाल्गुन अनि अर्को वर्ष माघ गरि व्रmमस पुस, मंसिर, कात्र्तिक, असोज हुदै जान्छ र यो नाँच ११ महिनामा स ुरु हुने पनि भनिन्छ । यो नाँच ठ्याक्कै कहिले बाट स ुरु भएको भन्ने किटान त गरिएको छैन् तर अनुमानित हिसाबले मुस्लिम र हिन्दुको लडाई बाट स ुरु भएको हो भन्ने गरेको पाईन्छ । पहिला–पहिला थारु समुदायहरु जङ्गल भित्र बसोबास गर्दथे रे त्यस समयमा उनीहरु धेरै जनाको समुहमा बस्ने गर्दथे र पछि सम्म पनि उनीहरु ठुलो समुहको परिवारमा बसोबास गर्दथे र आज पनि कोहि–कोहि थारु समुदायको परिवार ३०,४० जनाको समुहमा बसोबास गर्ने गर्दछन जहाँ एउटै भान्छाको प्रयोग गरिन्छ । यस नृत्यमा विशेष गरि सिकार सँग सम्बन्धित गीत गाएको पाईन्छ । जस्तै– मुस्लिम धर्म सँग सम्बन्धित गीत यस प्रकार रहेको छ । हसन, हुसेन दोनो बन्धुए भाई ३ मिलिजुली खेलल, सिकार वारे हाए हरे खेलत् ,खेलत् भईला खरि धुप हरिया हसनके लगेला पियास वारे हाए हिन्दु धर्म सँग सम्बन्धित गीत यस प्रकार रहेको छ । हरे यही पारे गंगा वही पारे जमुना बिचवामा बहे बलु रेतुवा रे हाए हरे १०,५ सखिया भाई लै हेके मतिया चलि भैला गंगिया से स्नान् हाए यस गीतले वृmष्ण र गोपीनी सँगको सम्बन्ध बारे ढर्शाएको पाईन्छ । यो समुदायको मुख्य पेशा वृmर्षी का साथै नदि र जंगलमा शिकार खेल्ने हो । यो नृत्य विशेषत पुरुषले मात्र गर्ने गर्दछ । नृत्यको भेषभुषा, गहना र अन्य सामाग्रीहरु– १. धोती २. कमिज ( झुलिया ) ३. फेटा टाउकोमा बाध्ने ४. घुघरु ( घुघंना ) ५. फेरबन्दा वा काकासोती ( काधबाट साईडमा चुन्नी जस्तै बाध्ने ) ६. पहँुची ( हातमा घडी लगाउने भागमा लामो धागोको झुपा जस्तो बाँधेर झुन्डाउने ) ७. बन्दुक वा थकरा ( झर्रा ) ( बाँसको लौरो जुन एक साईडमा चिरा पारेको हुन्छ जसबाट आवाज निस्कन्छ । ) ८. मादल ( मृदङ्ग वा मनरा ) ९. गहना खासै लगाउदैनन् , यदि लगाए भने पनि चाँदिको १६ वटा दाना भएको मात्र लगाउँछ । यो नृत्य कहिले हातले ताली बजाएर मात्र पनि नाँच्छन् , कहिले थकरा एक आपसमा लडाएर पनि नाँच्ने गर्दछन् भने कहिले मनरा बजाएर पनि नाँच्ने गर्दछन् । यो नृत्यमा वmुनै पनि पात्रहरु हुदैनन् साथै यसमा वmुनै किसिमको अभिनय पनि गरिदैन् । यो नृत्य गर्ने थारु समुदायको मुख्य देवता भगवान शिव र पार्वती हुन् । यो नृत्य स ुरु गर्दा र अन्त्य गर्दा वmुनै विधिको प्रयोग गरिदैन् साथै वmुनै किसिमको मुखौटाको प्रयोग गरिदैन । निश्चित व्यक्ति मात्र ननाँच्ने हुदा नाँच्ने कलाकारहरुपनि फेरबदल भैरहन्छ । यसको गुठी वा संस्था भन्नाले थारु समाज लाई नै मान्दछन् ।

Category

Show more

الكلمات

Comments - 0