Duration 24:15

Live Chat with Nepali Actress Urusha Pandey II Talking about Bollywood latest issues II

218 watched
0
7
Published 2020/09/11

#UrushaPandey #Bollywood #Nepal Website: http://www.kalakarmi.com Facebook: https://www.facebook.com/kalakarmi/ Twitter: https://twitter.com/KalaKarmi भारतीय समाचार च्यानलमा नेपाली अभिनेत्री उरुषा पाण्डे एक्सप्रेसन क्विनको उपाधि पाएकी नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे यतिबेला नेपालभन्दा भारतमा बढी चर्चित भएकी छिन् । करिव एक वर्ष मुम्बईमा रहेर विभिन्न विज्ञापन, छोटा चलचित्र, म्युजिक भिडियो तथा वेब सिरिजहरुमा अभिनय गरेर आफ्नो बेग्लै पहिचान बनाउन सफल भएकी अभिनेत्री पाण्डेलाई यतिबेला भारतीय न्यूज च्यानलले चर्चामा ल्याएका हुन् । भारतीय टेलिभिजन च्यानलमा अहिले सुशान्त सिंह राजपूतको आत्महत्याको प्रमुख दोषी मानिएकी रिया चक्रवर्तीको जेल यात्रा तथा अभिनेत्री कंगना रानावत र वृहत मुम्बई महानगरपालिकाबीचको विवाद चर्चामा छन् । आजतक, तेज खबर, रिपब्लिक भारत तथा इन्डिया टुडे च्यानलमा लगातार आफ्नो धारणा व्यक्त गरिरहेकी छिन् । ती च्यानलहरुले सञ्चालन गर्ने अन्तक्रिर्यात्मक कार्यक्रममा भारतका सेलिब्रेटीसंगै नेपाली चेली उरुषा पाण्डेलाई पनि सहभागि गराइरहेका छन् । ती कार्यक्रममा उरुषाको धारणा जान्ने प्रयास गरिएको छ । कलाकर्मी डटकमसंगको कुराकानीमा अभिनेत्री तथा मोडल पाण्डे भन्छिन्—‘बलिउडमा अहिले विभिन्न प्रकारका विवादहरु भैरहेका छन् । म मुम्बईभन्दा बाहिरबाट मुम्बईमा सक्रिय भएकी कलाकार भएकाले टेलिभिजन च्यालनले मलाई सम्झेका होलान् ।’ अभिनेत्री पाण्डेका अनुसार ती कार्यक्रमहरुमा उनले सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरण तथा कंगना रानावतको पछिल्लो विवादका बारेमा आफ्नो धारणा व्यक्त गरिरहेकी हुन् । थुप्रै भारतीय सेलिब्रेटीहरुसंग भारतीय समाचार च्यानलमा पछिल्ला केही दिनदेखि सक्रिय रुपले आफ्नो धारणा व्यक्त गरिरहेकी अभिनेत्री पाण्डे यतिबेला काठमाडौंमा छिन् । उनी नेपालमा लकडाउन प्रारम्भ हुनुअघि नै काठमाडौं फर्किएकी हुन् । पछिल्लो समय उनी केही नेपाली श्रृंखलामा अभिनय गरिरहेकी छिन् भने चाँडै नै एउटा नेपाली चलचित्रमा समेत अभिनय गर्दैछिन् ।

Category

Show more

الكلمات

Comments - 1