Duration 6:51

स्काउटको कार्यालय बन्यो लागुपदार्थ पदार्थ प्रयोगकर्ताको अखडा | | Nepal Story TV

355 watched
0
12
Published 2021/02/21

स्वयम्सेवा गर्नेहरु निक्कै ठुलो र प्रतिष्ठित संस्था हो नेपाल स्काउट, हरेक जिल्लामा एसको शाखा छ । तर कास्कीको नेपाल स्काउटको कार्यालय जाने हो भने खुद स्काउटलाइ अन्य संस्थाका स्वयेमसेवी चहिएको प्रस्ट हुन्छ । एती सम्मकि कास्कीको स्काउट कार्यालय लागुपदार्थ प्रयोगकर्ताको अखडा बनेको छ । भत्किएको भवन, अनि जमिन भरि छरपस्ट फालिएका प्रयोग भैसकेका सिरिन्ज अर्थात सुइ । हो यो दृश्य देख्दा तपाइलाइ लाग्ला कुनै अस्पतालको फोहोर फाल्ने स्थान हो । तर नाझुक्कीनुहोस यो त पर्यटकीय नगरी पोखरा महानगरपालिका वडा नम्बर चारमा रहेको नेपाल स्काउटको जिल्ला कार्यालय हो । हुनत स्काउट हजारौ स्वयेमसेवी भएको संस्था हो । तर उसकै कार्यालय सफा गर्न पुगे प्रकृतिलाइ पुनर्जीवन भन्ने उदेश्यले स्थापना गरिएको हिल हिमालायजका युवाहरु । त्यहा पुगे पछि पो थाहा भयो नेपाल स्काउटको कास्की कार्यालय परिसर त लागुपदार्थ प्रयोगकर्ताको अखडा रहेछ । नेपाल स्काउट कास्कीको कार्यालय परिसर अत्यन्तै ठुलो छ , फुटबल मैदान नै छ त्यस भित्र । तर त्यहाँ फुटबल खेल्न हैन लागुपदार्थ सेवन गर्न र सुइ हान्न जान्छन पोखरेली लागुपदार्थ प्रयोग कर्ता । पोखराकै प्रमुख बजार चिप्लेढुंगा बाट जम्मा १ किलोमिटरमै रहेको रामकृष्ण टोलमा छ यो कार्यालय । तर मध्य बजारमै एसरी लागुपदार्थ प्रयोग गर्ने अखडा हुँदा कुनै निकायको ध्यान गएको छैन । अरु को त कुरै छोडौ खुद स्काउटले समेत चासो देखाएको छैन । एक स्थानीय भन्छिन लागुपदार्थ प्रयोग कर्ताकै कारण कुन दिन के घटना हुन्छ भन्ने डर छ हामीलाई। एस्तो अवस्था छ तर स्काउटका अधिकारिहरुलाइ कुनै वास्ता छैन । स्काउट कास्कीको कार्यालय कुर्न एउटा परिवार राखिएको छ । तर त्यहाँ एस्ता डरलाग्दा युवा आउछन र लागुपदार्थ प्रयोग गर्छन कि त्यसैले आफुले उनीहरुलाइ केहि भन्न नसकेको र केहि गर्छनकि भन्ने डर लाग्छ भन्छिन स्काउटकि कर्मचारी कमला कुइकेल । हो स्वयेमसेवा गर्ने भनेर हजारौ सदस्य भएकै संस्था को यो अवस्था छ । के कहिले काँही एसो हरियो बर्दी लगाएर ट्राफिक नियम पालना गराउनेको ध्यान किन जान सकेन आफ्नै कार्यालयमा । यो दृश्यले हाम्रो देशमा लागिपदार्थको प्रयोगकर्ता कतिछ्न त यो पनि प्रस्ट परेको छ । सम्बन्धित निकायको ध्यान बेलैमा जाओस । हैन भने हाम्रा नौजवान लागुपदार्थको दलदलमा फस्ने निश्चित छ । #NEPALSCOUTS #DRUGSUSER #NEPALISTORYTV

Category

Show more

Comments - 1