Duration 7:28

OMG-राउटेको जिवनशैली | Amazing lifestyle of Raute -Nepal

1 321 watched
0
26
Published 2021/07/22

#Tarunnews #Thelastomads #Nepal राउटे समुदाय नेपालको एक मात्र जंगलमा बस्ने फिरन्ते समुदाय हो । बिषेश गरि कर्णाली,भेरी,बवई र राप्ती नदिको फेरिफेरीमा रहेका दैलेख,अच्छाम,सुर्खेत,सल्यान,जाजरकोट र दांग जिल्लाको जंगली क्षेत्रका जंगलमा बसोबास गर्दै आएको यो समुदाय लोपउन्मूख अवस्थामा पुगेको छ । काठको सामाग्री निर्माण गर्ने र जिवन यापनको लागि सामाग्री संग अनाज साटेर जिविका चलाउदै आएको राउटे समुदायहरु हिजो आज भने बिस्तारै परम्परागत पेशा बिस्तारै छोड्दै गएको छन् । सामाग्री निर्माण गर्ने काठको अभाव कानुनी जटिलता,सामुदायिक बनको दवाव,बजारमा मूल्य नपाउने,पैसा संगा सामाग्रीको मूल्य नमिल्ले र बजारमा अत्याधुनिक सामाग्रीको उपलव्धताले राउटेको काठका सामाग्रीले बजार पाउनै छाड्नु पनि उनिहरुको परम्परागत पेशा संकटमा पर्नुको मुख्य कारण हो । जंगलको गिठा,भ्याकुर,बादर,गुना खाएर जिविका चलाउदै आएका राउटे समुदाय हिजो आज भने बजारु सामाग्रीहरुमा निर्भर छन् । सरकारी सामाजिक सुरक्षा भत्ता,बिभिन्न समयमा दिईने खाद्यान्न सहयोगकै भरमा रहेको छन् । अहिले सल्यान जिल्लाको कालिमाटि गाँउपालिका वडा नं. ५ स्थित सामुदायिक बनमा रहेको छन् । यो स्थानमा राउटे १२ बर्ष पछि पुगेका हुन । यस भिडियोमा देखिएको दृश्य राउटे समुदायहरुको बिषेश पर्वको रुपमा रहेको साउने संक्रान्तिलाई बिषेश मनाउने गर्दछन् । प्रति घरमा एक,दूई वा तिन वटा सम्म खसी बाख्रा काट्ने गर्दछन् । यो अंधेरो महिना अर्थात साउनको महिनामा खास कारण बाहेक अन्य अवस्थामा बस्ती पनि सर्दैनन् ।

Category

Show more

Comments - 1